वेबटिभी खबर
काठमाडौं । सुपर माई हाइड्रोपावरको सोमबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ । ‘एसएमएच’ संकेतमा यसको शेयर कारोबार सुरु भएको छ ।
सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता शेयर गत साता सूचीकृत भएको थियो ।
यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रूपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रूपैयाँदेखि ३९२.२८ रूपैयाँसम्म तोकेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij