Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दार्चुलाका स्थानीय तह दमकलबिहीन

दार्चुलाका स्थानीय तह दमकलबिहीन

  • 202
    SHARES
  • दार्चुलाका स्थानीय तह दमकलबिहीन

    दार्चुला । दार्चुलाका आठ स्थानीय तह दमकल (बारुणयन्त्र) बिहीन अवस्थामा छन । नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ ।

    तर उक्त दमकल पनि प्रयोगबिहीन अवस्थामा छ । अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन । सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयको गुनासो छ ।

    सदरमुकामस्थित खलंगा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल चलाउन मिल्ने सडक छैन । यसबाट आगलागी नियन्त्रणमा समस्या भएको स्थानीय धिरज ऐरीले बताए ।

    ‘बाक्लो बस्ती छ, आगलागी भएको अवस्थामा दमकल लैजान मिल्ने अवस्था छैन’, एरीले भने । अव्यवस्थितरूपमा घर निर्माण गर्दा समस्या भएको ऐरीको भनाइ छ ।

    गत वर्ष सदरमुकाम खलंगामा एउटा पसलमा आगलागी भयो । तर उक्त ठाउँमा दमकल नै जान सकेन । लाखौँ रूपैयाँको क्षति भयो । जिल्लामा धेरै ठाउँमा आगलागीका घटना हुने गरेका छन ।

    आगो नियन्त्रण गर्न स्थानीय तहसित दमकल नहुँदा क्षती बेहोर्नु परेको शैल्यशिखर नगरपालिका-६ का जितेन्द्र धामीले जानकारी दिए । दमकल खरीद गर्न स्थानीय तहले चासो दिएका छैनन् ।

    जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिएपनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन् ।

    दमकल खरिका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्ने गरेका छन । अधिकांश स्थानीय तहले पालिकाको रकमबाट स्काभेटर खरिद गरेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij