Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

  • 293
    SHARES
  • नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

    निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

    क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए ।

    निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ । ‘निगमसमक्ष काठमाडौं-मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ’, उनले भने, ‘तर निगमले हेलचेक्रयाई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।’

    निगमसँग सातामा सात वटा नियमित उडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

    निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताए । तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको प्रवक्ता खड्काको भनाइ छ ।

    नेपाल र मलेसियाबीर २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij