रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिकामा कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेकी किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको अरोपमा इन्जिनियर पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २० वर्षीया कोरोना संक्रमित किशोरीलाई जवर्जस्ती गरेको आरोपमा सोही गाउँपालिमा कार्यरत इन्जिनियर ३६ वर्षीय शेषमणि पौडेल पक्राउ गरिएको हो ।
होम आइसोलेसनमा बसेका बेला एकान्त स्थानमा रहेको धारमा नुहाइरहेका बेला बोतलमा पानी थाप्ने बहानमा पुगेका पौडेलले जवर्जस्ती प्रयास गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख छ ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको जाहेरीका आधारमा पौडेललाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
होलेरी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको पौडलमाथि जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएर अनुन्धान अघि बढाइएको सुवेदीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij