Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

  • 13.8K
    SHARES
  • असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । विज्ञहरूले कोभिड-१९को तेस्रो लहर आउने र त्यसबाट बालबालिका बढी प्रभावित हुने चेतावनी दिइरहेका बेला महानगरपालिकाले भने यस्तो निर्णय गरेको हो । 

    images

    बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न भन्दै महानगरले विद्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

    विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गराउन अभिभावकहरूबाट लिखित सहमति लिनुपर्ने पत्रमा उल्लेख छ ।  त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न महानगरपालिकाले निर्देशन दिएको छ । वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी करीव २ सय विद्यालय छन् ।  

    शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस् शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस्

    एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन: शिक्षामन्त्री  एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन: शिक्षामन्त्री 

    burgunj-school.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology