Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल

जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल

  • 349
    SHARES
  • जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल

    धनगढी । नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् ।

    मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीकाट किनारा लागाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताउँदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने बताए ।

    उनले भने, ‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन । तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिदैछ । अहिले पनि सहेर बसेको छु तर अव यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।’

    उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए ।

    उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए । ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन । तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij