Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

  • 335
    SHARES
  • विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

    विराटनगर । विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएकाे हाे ।

    पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

    प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गरेका छन्  । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

    ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij