Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शेयर बजार १२.१० अंकले बढ्यो

शेयर बजार १२.१० अंकले बढ्यो

  • 174
    SHARES
  • शेयर बजार १२.१० अंकले बढ्यो

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा आएर अडिएको छ ।

    images

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अंकले बढेर ३६०.४४ विन्दुमा पुगेको छ ।यसअघि सोमबारको कारोबारमा पनि शेयर बजारमा उकालो लागेको थियो ।

    सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रूपैयाँ भन्दाबढीको कारोबार भएको छ ।

    नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । त्यस्तै कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।

    उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रूपैयाँ भन्दाबढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्रो स्थानमा परेको छ । उक्त कम्पनीको ५ करोड ९७ लाख रूपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

    सोमबार १३ उपसुचकहरू मध्ये विकास बैंक, फाइनान्स, निर्जिवन बिमाबाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्सको ३.४८ प्रतिशत र म्युचुअल फण्डको २.५३ प्रतिशतले वृद्धि भएको छ ।

    आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, श्रीजनशील लघुवित्त र एसियन हाइड्रोपावरको १० प्रतिशतको शेयर कारोबार भएको छ । यि कम्पनीहरूले सर्वाधिक कमाएका छन् । यसैगरी महिला लघुवित्त ८.९२ प्रतिशत र नेरुदे लघुवित्त ७.९७ प्रतिशतको कारोबार भएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology