Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति खारेज हुनुुपर्छः विपक्षी गठबन्धन

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति खारेज हुनुुपर्छः विपक्षी गठबन्धन

  • 720
    SHARES
  • ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति खारेज हुनुुपर्छः विपक्षी गठबन्धन

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याएकोमा विपक्षी गठबन्धनले आपत्ति जनाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले आज संयुक्त विज्ञप्ति जारी गर्दै यो निर्णय फिर्ता लिन माग गरेको छ । 

    चुरे दोहन हुने यस्ता कार्यले तराई क्षेत्रलाई मरुभूमीकरण गर्ने र त्यहाँका बसिन्दालाई बाढी, डुबान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    त्यसैगरी आयोडिनयुक्त नूनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकामा हालै  बजेटमार्फत व्यक्ति विशेषलाई कसैलाई फाइदा पु¥याउने उदेश्यले बजेटमा गरिएको नयाँ थप व्यवस्था तत्काल फिर्ता लिन गठबन्धनले माग गरेको छ ।

    कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न पनि गठबन्धनले माग गरेको छ ।

    प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका स्थितिमा मन्त्रिपरिषद्मा पुनर्गठन गरी प्रधानमन्त्री केपी ओलीले संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको आरोप गठबन्धनले लगाएको छ ।

    gathbandhan baktabya.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij