Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

विद्यालयमा दिवा खाजा : १५ र २० रुपैयाँले पुग्दैन, बढाऊ : सांसद सेजवाल

विद्यालयमा दिवा खाजा : १५ र २० रुपैयाँले पुग्दैन, बढाऊ : सांसद सेजवाल

  • 589
    SHARES
  • विद्यालयमा दिवा खाजा : १५ र २० रुपैयाँले पुग्दैन, बढाऊ : सांसद सेजवाल

    काठमाडौं । जुम्लाकी सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् ।

    images

    आज बुधबार संसदमा बोल्दै उनले रकम बढाउन माग गरेकी हुन् ।

    सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ र पहाड तथा तराईमा १५ रुपैयाँ दिने गरिएको छ ।

    यो रकमले बालबालिकालाई खाजा नपुग्ने भन्दै सांसद सेजवालले बढाउन माग गरिन् । ‘१५ र २० रुपैयाँले बालबालिकालाई खाजा किन्न भ्याउँछ कि भ्याउँदैन ?’ उनले प्रश्न गरिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology