Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चैतभित्र स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला

चैतभित्र स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला

  • 217
    SHARES
  • चैतभित्र स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला

    सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा विद्यार्थीले गरेको तालाबन्दी चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमतिपछि खुलेको छ ।

    आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रमुख किशोर कुमार साह बिच चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि ताला खुलेको हो ।

    विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै आज विहान क्याम्पस प्रमुख साहको कार्यकक्षमा ताला लगाएको थियो ।

    जसले गर्दा नियमित भईरहेको परीक्षा प्रभावित हुने भएकाले तत्काल निर्वाचन गर्ने सहमतिपछि ताला खोलिएको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij