वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।
उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं-१ र बारा निर्वाचन क्षेत्र नं-२ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन । चितवन क्षेत्र नं-२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।
उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij