Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

नेहा कक्कडले मनाउँदैछिन् ३२ औं जन्मदिन

नेहा कक्कडले मनाउँदैछिन् ३२ औं जन्मदिन

  • 111
    SHARES
  • नेहा कक्कडले मनाउँदैछिन् ३२ औं जन्मदिन

    नयाँ दिल्ली । इन्डियन शाकिरा एवम् रकस्टारका नामले परिचित नेहा कक्कडले आफ्नो ३२ औं जन्मदिन आज मनाउँदै छिन् । नेहाको जन्म ६ जुन, १९८८ मा ऋषिकेशमा भएको थियो । 

    उनको परिवार एकदम गरिब थियो । उनका पिता सोनु कक्कडको स्कूलको बाहिर समोसा बेच्ने काम गर्थे । त्यसैले सोनुका साथीहरु नेहाका अगाडि उनीहरुलाई धेरै जिस्काउँथे । यो सबै देखेर नेहाको मनमा केही ठूलो काम गर्ने इच्छा जागृत भयो । 

    बुवाको अवस्थालाई बुझेपछि सहारा बन्नको लागि ४ वर्षको उमेरमा नेहाले पहिलो पटक धार्मिक आयोजनामा माताको चौकीमा गीत गाउन सुरु गरिन् । यसबाट उनले ५ सय रुपैयाँ पाउँथिन् ।  

    त्यसपछि नेहाले सिंगीङ रियालिटी सो ‘इन्डियन आइडल-२ ’ मा भाग लिएकी थिइन् । तर उनी बिजेता नबनी बाहिरिइन् । तर नेहाले आफ्नो गायनबाट सबैलाई प्रभावित पारिन् र केही प्रोजेक्टमा काम गर्ने मोका पनि पाइन् । नेहाले गायन प्रशिक्षण कक्षा कहिले लिइनन् । 

    नेहाले अहिलेसम्म विश्वभर हजारभन्दा बढी म्युजिक कन्सर्ट गरिसकेकी छिन् । उनले एउटा बलिउड गीन गाउनको लागि करिब ८ लाख रुपैंया लिने गर्छिन् । उनले अक्टुवर २०२० मा गायक रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology