Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

  • 102
    SHARES
  • ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

    काठमाडाैं । काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ । लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे ।

    images

    कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धधनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। लायन्स क्लब अफ काठमाडौँ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । प्रदर्शनीमा ५० चित्रकला प्रदर्शनमा राखिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology