काठमाडौं । ताप्लेजुङको दाेभान बजारमा मंगलबार बिहानबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
ताप्लेजुङको तमोर र मैवाखोला स्थानमा रहेको दोभान बजारका करिब ४० घर जलेर नष्ट भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
उच्च पहाडी जिल्ला भएकाले आग्नि नियन्त्रकयन्त्र समयमै नपुगेकाले आगलागीले ठूलो रुप लिएको हो ।
‘म भर्खरै फिल्डमा आइपुगेको छु । स्थानीयका अनुसार अहिलेसम्म ४० घर जलेर नष्ट भएको मैले जानकारी पाएको छु,’ जिल्ला प्रशासन कार्यालय प्रमुख झरेन्द्र चापागाईले वेवटिभी खबरसँग भने ।
आगलागी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेर त्यहाँबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको पनि उनले बताए ।
ताप्लेजुङ् जिल्लाको दोभान बजारमा भीषण आगलागी । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षती । आगलागी नियन्त्रणमा जुट्न सबैमा हार्दिक अनुरोध गर्दछु । pic.twitter.com/HQQBVmpJGi
— Yogesh Bhattarai (@yogesbhattarai) March 2, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij