Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

  • 121
    SHARES
  • सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

    काठमाडौं । काठमाडौंमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौँ दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो ।

    images

    नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गर्दै सुरू गरिएको महोत्सवमा ‘चक्षु’सहित बुद्धसम्बन्धी छ नाटक मञ्चन गरिएको थियो ।

    शुक्रबार आयोजित समापन समारोहमा बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुष्कर गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत उपस्थित थिए।

    गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले सुरु भएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको निर्देशक गुरुङले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology