वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने उपचुनावका लागि चितवन-२ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ-१ मा सर्वेन्द्र खनाललाई र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij