वेबटिभी खबर
काठमाडाैं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट समूह रिले अनशनमा बसेकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघको एक समूह रिले अनशन बसेको हाे ।
अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने र उनको म्याद सकिइसकेकाले नयाँ कमिटी गठन गर्नुपर्ने लगायत माग राख्दै असन्तुष्ट पक्षले शनिबारदेखि रिले अनशन सुरु गरेको हो । पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । केसीले रिले अनशनबाट पनि माग सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij