Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

चलचित्रकर्मीलाई कोरोनाविरुद्धको तीन हजार खोप 

चलचित्रकर्मीलाई कोरोनाविरुद्धको तीन हजार खोप 

  • 91
    SHARES
  • चलचित्रकर्मीलाई कोरोनाविरुद्धको तीन हजार खोप 

    काठमाडौं । चलचित्र विकास बोर्डले तीन हजार चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप माग गरेको छ । शुक्रबार बोर्डको कोभिड १९ व्यवस्थापन संयोजक तथा बोर्ड सदस्य राज कटुवालले खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन् ।

    खोप उपलब्ध गराउन मन्त्रालय सकारात्मक देखिएकाे कटुवालले बताए । 
     
    कोरोना भाइरसको महामारीबाट केही चलचित्रकर्मीले ज्यानसमेत गुमाएको छन् भने धेरै संक्रमित भएका छन् । यस्तो अवस्थामा यसअघिका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार चलचित्रकर्मीसँग मन्त्रालयमा छलफल गरेका थिए तर शुक्रबारदेखि शेरबहादुर तामाङ मन्त्री भएपछि बोर्ड पुनः खोपका लागि पहल गर्ने सोचमा छ ।

    कोरोना भाइरसको संक्रमणका कारण अहिले चलचत्रि क्षेत्रका सबै गतिविधि बन्द छन् । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology