Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण स्थानीयलाई सहज

गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण स्थानीयलाई सहज

  • 221
    SHARES
  • गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण स्थानीयलाई सहज

    बाँके । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधी पाउँदा बाँकेको जंगलीपूर्वावासी खुसी भएका छन ।

    images

    नेपालगञ्ज उपमहानगरपालिका भित्रकै २३ नं वडा भएपनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अगुवा अजीज बेहनाले बताए । वडाको स्वास्थ्य केन्द्रमा औषधी नपाइने र नेपालगञ्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ ।

    साविक हिरमिनिया गाविसमा रहेको जंगलीपूर्वालगायतका केही गाउँलाई नेपालगञ्ज उपमहानगरपालिकामा गाभेर २३ नं वडा बनाइएको थियो ।

    नेपालगञ्ज उपमहानगरपालिकाको फोहर विसर्जन केन्द्र सञ्चालन गर्न यो गाउँलाई उपमहानगरमा गाभिएको हो । वडासँग जोडिएका अन्य गाउँ भने डुडुवा गाउँपालिकाको वडा नं ६ मा पर्दछन् ।

    उपमहानगरपालिकको फोहर विसर्जन केन्द्रसँग जोडिएको गाउँमा छाला रोगको संक्रमण देखिएपछि स्वास्थ्य शिविर आयोजना गरिएको महासंघ बाँकेका प्रमुख कुस्माखर बस्यालले जानकारी दिए ।

    प्रमुख बस्यालका अनुसार फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)सँग जोडिएको नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

    स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधीसमेत उपलब्ध गराइएको छ । गाउँ टोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन् ।

    भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा.अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेका जस्ता समस्या देखिएको प्रमुख बस्यालले बताए ।

    नेपालगञ्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ८० जनाको स्वास्थ्य परीक्षण भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology