Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठले भने : माग सम्बोधन हुन्छ, ढुक्क भएर घर फर्किनुहोस्

मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठले भने : माग सम्बोधन हुन्छ, ढुक्क भएर घर फर्किनुहोस्

  • 214
    SHARES
  • मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठले भने : माग सम्बोधन हुन्छ, ढुक्क भएर घर फर्किनुहोस्

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् ।

    images

    अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

    मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरू गृहजिल्ला फर्कने तयारीमा छन । मन्त्री श्रेष्ठले पीडितसँग अवस्था बुझ्दै भने, ‘तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।’

    घर फर्किनुअघि उनीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरू आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो ।

    मन्त्री श्रेष्ठले भने, ‘उहाँहरू अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरूको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो।’

    वीर अस्पतालका मेडिकल अफिसर डा.सञ्जय धरेलले सबै जनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए । ‘उहाँहरूको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ’, डा.धरेलले भने ।

    पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरूले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन ।

    ‘सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ’, सिरहाका श्यामकुमार ठाकुरले भने, ‘हामी जे उद्देश्यले काठमाडौं आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।’ मिटरब्याज पीडितहरू ११ दिन हिँडेर काठमाडौं आएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology