Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध : मन्त्री राई

लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध : मन्त्री राई

  • 263
    SHARES
  • लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध : मन्त्री राई

    मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताएका छन् ।

    images

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताले माग एवम् अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार राखे । मन्त्री राईले भने, ‘लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन ।’

    उनले जनताले त्यसप्रति आफ्नो असहमति जनाउन पाउने जनाए । कोशी प्रदेश नामकरणका सम्बन्धनमा असन्तुष्ट पक्षबीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त गर्दै उनले यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारलेसमेत वार्ताबाट समाधान निकाल्ने भनेको जानकारी दिए ।

    मन्त्री राईले भने, ‘कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा यो केन्द्रको मातहतको निकाय नभएकाले यसको आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार यहाँ सञ्चालनमा छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology