Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अर्थतन्त्र सुधारनै मेरो पहिलो प्राथमिकता र प्रतिबद्धता हो : अर्थमन्त्री डा.महत

अर्थतन्त्र सुधारनै मेरो पहिलो प्राथमिकता र प्रतिबद्धता हो : अर्थमन्त्री डा.महत

  • 219
    SHARES
  • अर्थतन्त्र सुधारनै मेरो पहिलो प्राथमिकता र प्रतिबद्धता हो : अर्थमन्त्री डा.महत

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधारनै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् ।

    images

    उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए ।

    ‘तपाईंहरूको मनोबल घट्न दिन्न, तपाईंहरूसँग निरन्तर संवादमा रहन्छु’, मन्त्री महतले भने, ‘मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।’

    सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा व्रिफिङ पनि गरेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology