काठमाडौं । कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयर धनीहरुलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश गरी कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारण सभाले पारित गर्नेछ र सोहीदिन लगानीकर्ताले पाउनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology