Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण

इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण

  • 274
    SHARES
  • इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता बितरण गरिएको हो।

    images

    गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय  कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् ।

    इस्मा-१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरूलाई भत्ता दिने निर्णय गरिएको उनको भनाइ छ ।

    गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology