Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट [पूर्णपाठसहित] 

लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट [पूर्णपाठसहित] 

  • 192
    SHARES
  • लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट [पूर्णपाठसहित] 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    images

    यसअघि नागरिकताको विषयमा प्रश्न उठाउँदै मुद्दा गरेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ले नै राहदानीको विषयमा पनि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् ।

    सर्वोच्च अदालत प्रशासनले रिट निवेदन आइपुगेको र अध्ययनकै क्रममा रहेको जानकारी दिएको छ ।

    पौडेलले दायर गरेको रिटमा रिटमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त हुन्छ सोही आदेश जारी होस् भन्ने माग गरेका छन् ।

    लामिछानेविरुद्धको यसअघि परेको रिटमा प्रहरी र सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन पर्ने नदेखिएको बताएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology