Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हत्या आरोपमा रामेछापबाट ४ जना पक्राउ

हत्या आरोपमा रामेछापबाट ४ जना पक्राउ

  • 224
    SHARES
  • हत्या आरोपमा रामेछापबाट ४ जना पक्राउ

    रामेछाप । एक वृद्धको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका-४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरलाई खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।

    थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो ।

    गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।

    पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij