Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

यस्ता माग राखेर इसीडी शिक्षकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

यस्ता माग राखेर इसीडी शिक्षकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

  • 4.5K
    SHARES
  • यस्ता माग राखेर इसीडी शिक्षकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं । कोशी प्रदेशका बालविकास सहजकर्ताहरूले आफ्ना विभिन्न पेसागत माग राखेर कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    images

    प्रदेश अध्यक्ष मनिषा श्रेष्ठ र सचिव अम्बिका सुवेदीको नेतृत्वमा गएका इसीडी शिक्षकहरूले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना माग पूरा गर्न आग्रह गरेका हुन् ।

    शिक्षा ऐन कानुनमा स.का. हटाई शिक्षक सम्बोधन गरियोस्, बाल शिक्षकलाई तत्काल दरबन्दी कायम गरी कम्तिमा पनि प्रा.वि.सो सरह सेवा सुविधाको व्यवस्था कायम गरियोस् र सामान्य प्रक्रियाबाट स्थायीको प्रक्रिया अगाडि बढाइयोस्, बाल शिक्षकहरूलाई गोल्डेन हेण्डसेकका साथै सञ्चय कोषको व्यवस्था न्यायोचित ढंगबाट कार्यान्वयन गरियोस्, तत्काल महंगी र प्रोत्साह भत्ताको व्यवस्था गरियोस्, बालविकास शिक्षकको तलब, सेवासुविधा एकरुपता हुने गरी केन्द्रीय सरकारबाटै व्यवस्थापन गरियोस् र सबै बालविकास शिक्षकलाई मन्टेस्वरीको रुपमा कायम गरियोस् भन्ने मागसहित ज्ञापनपत्र बुझाइएको छ ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री  राजभण्डारी माग पूरा गराउन आफूले सक्दो प्रयास गर्ने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology