Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव

धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव

  • 464
    SHARES
  • धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवम् भातृत्व अभिवृद्धिमा सहयोग पुग्ने बताएका छन ।

    जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज यहाँ आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

    उपराष्ट्रपति यादवले भने, ‘धर्मको विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ ।’

    अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान महावीरले प्रतिपादित गरेका सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासङ्गीक एवम् समय सान्दिर्भिक भएको उनले उल्लेख गरे ।

    उपराष्ट्रपति साहले नेपाल आफैमा ऋषिमुनिहरूले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवम् आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरू आफूलाई गौरवान्वित ठान्ने बताए ।

    उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवम् मितव्यही हुन आवश्यक रहेको खाँचो औँल्याए ।

    नेपालमा जैनर्धालम्बीहरू सबै ठाउँमा विभिन्न समुदायका बिचमा मिलेर बसोबास गरिरहेका र उनीहरू जहाँ रहेपनि भगवान महावीरका सिद्धान्त अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

    धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पुर्‍याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा समर्णनिर्देशिका डा.निर्माण प्रज्ञाले भवगान महावीर एक व्यक्ति मात्र नभइ चेतना, सन्देश हो भन्दै विश्व शान्ति तथा मानव र जीजन्तुको कल्याणका निम्ति उनको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    जैनधर्म परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनले जैन धर्मको आफ्नो मौलिक तत्वज्ञान, अद्भूत दृष्टि अर्थात समग्रमा एउटा जीवन्त धर्म भएकाले आजको सन्दर्भमा पनि जैन धर्मको महत्व सान्दर्भिक बनिरहेको उल्लेख गरे ।

    यसअघि जन्मोत्सवको अवसरमा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । चैत २१ गते भगवान महावीरको जन्मोत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा जैन-अजैन समुदायले हर्षोउल्लासका साथ मनाउदै आएका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij