Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ट्याक्टरले किचेर युवकको मृत्यु

ट्याक्टरले किचेर युवकको मृत्यु

  • 262
    SHARES
  • ट्याक्टरले किचेर युवकको मृत्यु

    बाग्लुङ । बाग्लुङमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका-११ रिघा मनेवामा ट्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो ।

    बडिगाड गाउँपालिका-२ खर्बाङ बजारबाट गलकोट नगरपालिका-३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

    ट्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै उनकाे मुत्यु भएको खड्काले बताए ।

    ट्याक्टर चालक गलकोट नगरपालिका-९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्याक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij