वेबटिभी खबर
महोत्तरी । आफ्नै बुवाले बलात्कार गरेर १३ वर्षीया छोरीलाई गर्भवती बनाएको घटना बाहिरिएसँगै गैरसरकारी संस्थाहरूले निकै चासो देखाएका छन् ।
महोत्तरीको बर्दिबास-११ स्थित खयरमारा स्थायी घर भई हाल भक्तपुर बस्ने आफ्नै छोरी संगीता (नाम परिवर्तन गरिएको)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको घटना १८ चैतमा बाहिर आएको थियो ।
घर महोत्तरी भए पनि घटना भने भक्तपुरमा भएकाले महोत्तरी प्रहरीले पीडित बालिकालाई गत शनिबार भक्तपुर प्रहरीलाई जिम्मा लगाएको थियो । सबै घटना सार्वजनिक भएपछि पीडित बालिकाको सम्पूर्ण जिम्मेवारी सहयात्री नेपालले लिएको छ ।
‘मैले बालिकालाई गएर भेटेँ । उनको अवस्था निकै दयनीय छ । हामी पीडित बालिकाको भरणपोषण् देखि सम्पुर्ण जिम्मेवारी लिन चाहन्छौँ ।’ साझा सहयात्रीकी अध्यक्ष गीता केसीले बताइन् ।
आमा सुनिता (नाम परिवर्तन गरिएको)ले सोधखोजज गर्ने क्रममा बुबाले नै बलात्कार गरेर गर्भ बसेको बालिकाले बताएपछि घटना बाहिर आएको हो ।
भक्तपुरबाट १४ चैतमा तीन छोराछोरीलाई बोकेर महोत्तरीस्थित घर खयरमारा आइपुगेकी आमा सुनिताले नै सञ्चारकर्मीहरुलाई बोलाएर घटना सार्वजनिक गरेकी हुन् ।
कसरी भएको घटना ?
रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगीता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन् । आर्थिकरुपमा निकै कमजोर रहेको यो परिवार धादिङको इँटाभट्टामा काम गर्दै आएको थियो ।
बिबि इँटाभट्टामा काम छोडेर सपरिवार असोजतिर काम कै खोजीमा भक्तपुर पुगेको थियो । श्रीमान रामबहादुर र सुनिता दिउँसो सँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहीँ सन्च भएन भन्दै रामबहादुर घरमै बस्थे अनि सुनिता एक्लै काम गर्न जान्थिन् ।
घटना कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित बालिका संगीताका अनुसार आफ्ना बुबा रामबहादुरको गिद्धे नजर त्यही समयदेखी पर्यो ।
‘ममी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाइ बाबाले जवर्जस्ती गर्नुभयो । मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो, अनि मलाई पटकपटक गर्नुभयो ।’ पीडित बालिका संगीताले भनिन् ।
बुबाले आफुले गरेको विषय कसैलाई भनेमा आमा, भाइबहिनी सबैलाई मारिदिने धम्की दिने गरेको उनले बताइन् । आफू कतै गएकाबेला छोरीमाथि गिद्धे नजर राख्ने गरेको पीडित बालिकाको आमाले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij