Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

न्युनतम साझा कार्यक्रम टुंग्याउन गठबन्धनको बैठक सुरु

न्युनतम साझा कार्यक्रम टुंग्याउन गठबन्धनको बैठक सुरु

  • 252
    SHARES
  • न्युनतम साझा कार्यक्रम टुंग्याउन गठबन्धनको बैठक सुरु

    फाइल तस्बिर

    काठमाडौं । सरकारका न्युनतम साझा कार्यक्रम टुंग्याउन सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्ने तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिने बारेमा छलफल हुनेछ ।

    नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्युनतम साझ कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शिर्ष नेताबाट अनुमोदन गराउनका लागि बैठक बसेको हो ।

    शीर्ष नेताबाट अनुमोदन भएपछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएको बुझिएको छ । तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij