Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

  • 255
    SHARES
  • पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।

    किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका छन् ।

    प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

    ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिचान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij