Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्ने कार्य रोक्न माग

बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्ने कार्य रोक्न माग

  • 216
    SHARES
  • बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्ने कार्य रोक्न माग

    काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्ने कार्य रोक लगाउन माग गरेका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गरेका हुन् ।

    बञ्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बञ्चरेडाँडा पठाउनुपर्ने बताएका उनले बञ्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराए ।

    सिसडोलमा फ्यालिएजस्तै बञ्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij