Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पाकिस्तानमा दुईवटा रेल एकआपसमा ठोक्किँदा ३० को मृत्यु 

पाकिस्तानमा दुईवटा रेल एकआपसमा ठोक्किँदा ३० को मृत्यु 

  • 577
    SHARES
  • पाकिस्तानमा दुईवटा रेल एकआपसमा ठोक्किँदा ३० को मृत्यु 

    इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको डहरनजिक सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस रेल एक आपसमा ठोक्किँदा ३० जनाको ज्यान गएको छ भने अन्य दर्जनौं यात्रु घाइते भएका छन् । 

    रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना सोमबार बिहान भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ, भने रेलमै फसेका यात्रुलाई बाहिर निकाल्ने प्रयास जारी छ ।

    रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा र सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराची जाँदै थिए । दुर्घटनापछि मिल्लत एक्सप्रेसको आठ र सर सय्यद एक्सप्रेसको इन्जिनसहित तीन डिब्बा रेलमार्गबाहिर निस्किएका छन् भने केही खाल्डोमा खसेका छन् ।

    दुर्घटनामा पछि त्यस क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ । जियो न्युजका अनुसार दुर्घटनामा ४० भन्दा बढी मानिस घाइते भएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij