Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आर्थिक अभाव भएपछि बलिउड कलाकार तरकारी बेच्दै

आर्थिक अभाव भएपछि बलिउड कलाकार तरकारी बेच्दै

  • 720
    SHARES
  • आर्थिक अभाव भएपछि बलिउड कलाकार तरकारी बेच्दै

    मुम्बई । लोकप्रिय डान्स रियालिटी सो डान्स इन्डिया डान्स ४ का उपविजेता बिकी दास कोरोना भाइरसको महामारीका कारण लकडाउनले काम नपाएपछि खानेकुरा डेलिभरीको काम गरिरहेका छन् । बिकी कोलकातामा कामकै सिलसिलामा हालै दुर्घटनामा समेत परेका छन् ।

    images

    बिग रियालिटी सोका उपविजेता भइसकेका बिकीमात्र होइन् अहिले बलिउडका कैयौं कलाकार आर्थिक अभावले सानातिना काममा हात हालिरहेका छन् । यसभन्दा अगाडि सलमान खान र आमिर खानजस्ता अभिनेतासँग काम गरेका कलाकारहरु पनि कोही चौकीदार, कोही ठेलामा सामान बेच्ने काम गरेका छन् ।  

    ब्ल्याक फ्राइडे, गुलाल, पटियाला हाउस जस्ता फिल्ममा अभिनय गरेका त्रिलोचन सिंह सिद्धु मुम्बईको एक भवनमा चौकीदारको काम गरिरहेका छन् । १२ घण्टाको सिफ्टमा काम गरिरहेका सिद्धु पहिला मोडलिंग पनि गर्थे । 

    लकडाउनका क्रममा बिग बोस फेम एक्ट्रेस डाली बिन्द्राले अभिनेता जावेद हैदर सडकमा तरकारी बेचिरहेको एक भिडियो सेयर गरेकी थिइन् । दबंग, गुलामजस्ता फिल्ममा अभिनय गरिसकेका हैदरको उक्त भिडियो भाइरल भएको छ । अहिलेसम्म बलिउडका ३०० भन्दा बढी फिल्म खेलेका जावेद महामारीले आर्थिक संकटमा परेपछि तरकारी बेच्न सुरु गरेका हुन् । 

    धेरै टिभी सोमा सह निर्देशकको काम गरेका रामवृक्ष गौर अहिले काम नपाएपछि आजमगढमा तरकारी बेचिरहेका छन् । १९ वर्षसम्म लामो समयमा फिल्म र सिरियलमा काम गरेका उनको पनि तरकारी बेचेको भिडियो भाइरल भएको थियो ।

    आयुष्मान खुरानको ड्रिमगर्ल र सुशान्त सिंह राजपूतको सोनचिरैयामा अभिनय गरेका दिवाकर लकडाउनले फिल्मको काम रोकिएपछि दिल्लीमा फलफूल बेच्न सुरु गरेका छन् । सलमान खानको फिल्म दबंगमा अभिनय गरेका डान्सर महादेव सत्यदेव र उनका छोरा निखिल सहदेव चियाको पसल खोलेर गुजारा चलाइरहेका छन् । सलमान खानको फिल्म सुल्तानका जुनियर आर्टिस्ट हसन यतिवेला फोहोर उठाउने गाडी चलाइरहेका छन् । काम बन्द भएपछि गुजारा चलाउन समस्या परेकाले गाडी चलाउन सुरु गरेको हसनले बताएका छन् । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology