Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने मन्त्रालयको तयारी 

शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने मन्त्रालयको तयारी 

  • 2.2K
    SHARES
  • शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने मन्त्रालयको तयारी 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलयले शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि मातहत निकायलाई तयारी थाल्न निर्देशन दिएको छ । 

    images

    सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयन गर्ने सन्दर्भमा सिंहदरबारस्थित मन्त्रालयमा आइतबार आयोजित छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका सचिव र सह-सचिवलगायतलाई मातहत निकायसँग समन्वय गरेर शिक्षकलाई खोप लगाउने तयारी गर्न निर्देशन दिए ।

    छलफलमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए । मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिदै भने, ‘करिब एक महिना अघि तत्कालिन स्वाथ्यमन्त्री हृदयश त्रिपाठीसमक्ष अग्रपंतिमा खटिने शिक्षकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रहसहितका पत्र दिएका थिए ।

    सो पत्र कार्यान्वयन गर्न पुन: मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगावै पुस्तक ढुवानी गर्न खुला गर्न आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology