Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

फ्रेन्च ओपनबाट रोजर फेडेरर पनि बाहिरिए 

फ्रेन्च ओपनबाट रोजर फेडेरर पनि बाहिरिए 

  • 93
    SHARES
  • फ्रेन्च ओपनबाट रोजर फेडेरर पनि बाहिरिए 

    पेरिस । फ्रेन्च ओपन टुर्नामेन्टबाट एकपछि अर्को च्याम्पियनले बाहिरिएका छन् । २० पटकसम्म ग्रान्ड स्लाम च्याम्पियन रोजर फेडेररले टुनामेन्टबाट आफ्नो नाम फिर्ता लिएको सामाजिक सञ्जालमा पोस्ट गर्दै आफै जानकारी गराएका छन् ।

    शनिबार तेस्रो चरणको खेलपछि फ्रेन्च ओपनबाट बाहिरिएको बताएका हुन् । पछिल्लो डेढ वर्षदेखि घुँडामा चोट लागेका फेडेररले यही क्रममा २ पटक शल्यक्रियासमेत गरेका थिए । 

    उनले लेखेका छन् 'आफ्नो टोलीसँग कुराकानीपछि मैले टुर्नामेन्टबाट हट्ने फैसला लिएको छु । घुँडाको २ पटक शल्यक्रिया गरेकाले शरीरलाई आरामको आवश्यकता छ । निको हुँदै गइरहेको वेला आफैैंलाई धेरै प्रेसर दिन आवश्यक ठानिनँ । यस टुर्नामेन्टमा तीन म्याच जितेर खुशी छु । तपाईहरुसँग छिट्टै भेट्नेछु ।' 

    फेडेररको प्रि क्वाटरफाइनलमा अगामी खेलमा नवौं बरियताका मट्टेओ बैरेतिनीसँग खेल हुने थियो ।

    समाचार एजेन्सीका अनुसार अब फेडररले २८ जुनबाट हुने विम्बल्डनको लागि तयारी सुरु गर्नेछ । उनले आफ्नो करियरमा २० मध्ये ८ वटा बिम्बल्डन जिेतका छन् । उनले यसबाहेक ६ अष्ट्रेलिया ओपन, ५ युएस ओपन र १ फ्रेन्च ओपन पनि जितिसकेका छन् । 

    यसअघि महिला टेनिसमा विश्व नम्बर दुई जापानी खेलाडी नाओमी ओसाकाले मे ३० मा आफू मानसिक रुपमा सबल नभएको भन्दै खेलबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । 

    विवादमा परेपछि फ्रेन्च ओपनबाट पछि हटिन् नाओमी ओसाका  विवादमा परेपछि फ्रेन्च ओपनबाट पछि हटिन् नाओमी ओसाका 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology