Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जुवातास खेलिरहेका ११ जना पक्राउ

जुवातास खेलिरहेका ११ जना पक्राउ

  • 249
    SHARES
  • जुवातास खेलिरहेका ११ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धरसहित सात जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई ७२ हजार ९८५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौंकै टोखा नगरपालका-७ धपासीस्थित कबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ५ हजार रूपैयाँ  र ६ बुक ताससहित पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # जुवातास

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij