Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौं उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

काठमाडौं उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

  • 240
    SHARES
  • काठमाडौं उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

    काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।

    उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिक बत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताइन् । उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ ।

    ‘ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरूसँग समन्यमा मर्मत भइरहेको छ’, शाखा इञ्जिनियर न्यौपानेले भनिन् ।

    काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिइन् ।

    शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलंकीमा ट्राफिक बत्ती जडान गरिसकेको छ । चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो ।

    सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन । उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन । विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij