वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरबार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरबार धाउनुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए ।
यसका लागि प्रधानमन्त्री आफैँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ ।
स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरू तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij