Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षक महासंघले प्रधानमन्त्रीलाई भन्यो– शिक्षा ऐनबारे महासंघसँग छलफल गरियोस्

शिक्षक महासंघले प्रधानमन्त्रीलाई भन्यो– शिक्षा ऐनबारे महासंघसँग छलफल गरियोस्

  • 1.3K
    SHARES
  • शिक्षक महासंघले प्रधानमन्त्रीलाई भन्यो– शिक्षा ऐनबारे महासंघसँग छलफल गरियोस्

    काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई महासंघसँग भएको ५१ बुँदे सहमतिको आधारमा संघीय शिक्षा ऐन तत्काल ल्याउन ध्यानाकर्षण गराएको छ ।

    images

    मन्त्रिपरिषद्बाट पास भएको शिक्षा ऐन र पुनः शिक्षा, अर्थ र कानुन हुँदै मन्त्रिपरिषद्मा नै पुग्न लागेको प्रस्तावित ऐनका विषयमा नेपाल शिक्षक महासंघसँग पनि छलफल गराउन माग गरिएको छ ।

    प्रधानमन्त्री दाहालले अर्थ, शिक्षा र महासंघका प्रतिनिधिसहितको बैठक तत्काल राखेर निर्णयमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायत उपस्थित थिए ।

    edu maha.jpg
    edu.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology