Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

  • 248
    SHARES
  • सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।

    उनले भने, ‘विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरूको जवाफ दिन निर्देशित गर्दछु ।’

    महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

    प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८/०७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij