वेबटिभी खबर
काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको छ । फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई सहयोग गरेको हो ।
हाल अस्पतालहरूमा अक्सिजनको कमी भइरहेको अवस्थामा संक्रमितको उपचारका लागि गैर-आवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले आपत्कालीन सहयोगस्वरूप नेपाल सरकारलाई सहयोग गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij