Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ट्याक्टर र जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर र जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 250
    SHARES
  • ट्याक्टर र जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौ बहिनी गाउँपालिका-१ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो ।

    पर्वतको महाशिला गाउँपालिका ५ काउलेमा गएराति पिकअप जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाशिला गाउँपालिका ४ पाखापानी धनुबासका ३७ वर्षीय खेम बहादुर बिक रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

    सोमबार राति साढे ११ बजे सिमेन्ट झार्ने क्रममा ग २ च ६९० नम्बरको पिक जीप ब्याक भएर अन्दाजी २० मीटर तल खसेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij