Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

लिफ्ट सिँचाइ योजनाका लागि सेती नदीमा निर्माण कार्य हुँदै 

लिफ्ट सिँचाइ योजनाका लागि सेती नदीमा निर्माण कार्य हुँदै 

  • 285
    SHARES
  • लिफ्ट सिँचाइ योजनाका लागि सेती नदीमा निर्माण कार्य हुँदै 

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले सेती नदीबाट लिफ्ट सिँचाइ योजना मार्फत पानी वितरणको लागि निर्माण कार्य अघि बढाएको छ ।

    जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट ६० लाख लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।

    योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ ।

    सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरूको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए । योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।

    दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij