Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उत्तर कोरियामा जिन्स लगाउने, विदेशी फिल्म हेर्नेलाई कडा सजाय किन ?  

उत्तर कोरियामा जिन्स लगाउने, विदेशी फिल्म हेर्नेलाई कडा सजाय किन ?  

  • 750
    SHARES
  • उत्तर कोरियामा जिन्स लगाउने, विदेशी फिल्म हेर्नेलाई कडा सजाय किन ?  

    प्योङयाङ । उत्तर कोरियाले भर्खरै विदेशी प्रभावलाई रोक्ने गरी एक नयाँ कानुन ल्याएको छ, जसको माध्यामबाट विदेशी फिल्म हेर्ने, विदेशी लुगा लगाउने र अशिष्ट शब्दहरु प्रयोग गर्ने व्यक्तिलाई कडाइका साथ दण्ड दिइनेछ । यदि यसो गर्ने व्यक्तिलाई मृत्युदण्ड वा जेल सजाय हुन सक्छ । किम जोङ उनले यसअघि दक्षिण कोरियाली फिल्म हेरेका कारण एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिएका थिए । 

    युन मि सो नाम गरेकी युवती ११ वर्षको उमेरमा दक्षिण कोरियाली नाटक हेरेका एक व्यक्तिलाई मृत्युदण्ड दिएको देखेकी थिइन् । त्यससमय उनका सबै छिमेकीलाई मृत्युदण्डको पुरै प्रक्रिया हेर्न लगाइएको थियो । मृत्युदण्डको सजाय नहेर्नेलाई देशद्रोही मानिन्थ्यो ।

    'उत्तर कोरियाका गार्डहरूले सबैलाई अवैध भिडियो तस्करीको दण्ड मृत्यु हो भनेर थाहा होस् भनी सुनिश्चित गर्दै थिए । यस्तो देख्नु निकै पीडादायक थियो । मलाई अझै पनि आँखामा पट्टी बाँधिएको मान्छेको स्पष्ट सम्झना छ, म अझै पनि उसको आँसुहरू बगिरहेको देख्न सक्छु । यो मेरो लागि दर्दनाक थियो । उसका आँखामा बाँधिएको कालो पट्टी पूरै आँसुमा भिजेको थियो', उनले आफ्नो सियोलस्थित घरबाट भनिन्, 'तिनीहरुले उसलाई एक खम्बामा बाँधेर गोली हाने ।'

    हतियारविनाकाे युद्ध

    तपाईं एक यस्तो देश कल्पना गर्नुहुन्छ, जहाँ सरकारले लगातार लकडाउन लगाएको हुन्छ र त्यहाँ कुनै इन्टरनेट छैन । कुनै सामाजिक मिडिया छैन र केवल केही सरकारी टिभी च्यानलहरू छन्, जुन देशका नेताहरू तपाईंबाट के सुन्न चाहन्छन् भन्ने कुरामा बताइरहन्छन् । यो ठिक उत्तर कोरियाको अवस्था हो । र अब किम जोङ उनको प्रशासनले प्रतिक्रियावादी विचारविरुद्ध नयाँ कानुन बनाएको छ ।

    यदि कोही व्यक्तिले दक्षिण कोरिया, अमेरिका वा जापानका मिडिया सामाग्री राखेको पाए फाँसीको सजाय हुन सक्छ । यस्ता विदेशी सामाग्री हेर्दै गर्दा पक्राउ परे ती व्यक्तिलाई १५ वर्षको सजाय हुन सक्नेछ ।

    हालै किमले एक पत्र लेखेर देशका युवा लिगलाई युवाहरुमा व्यक्तिवादी र समाज विरोधी गतिविधि रोक्न भनेका छन् । किमले विदेशी भाषण, हेयर स्टाइन र कपडाको प्रसार रोक्न चाहन्छन् । उनले यसलाई खतरनाक विष भनेका छन् ।

    दक्षिण कोरियाको डेली एनके समाचार संस्थाका अनुसार कोरियाली पप स्टार्सलेजस्तै कपाल काटेपछि त्यहाँका केही किशोरलाई पुर्नशिक्षा शिविरमा पठाइएको छ । विदेशी प्रभावविरुद्ध यो किमको क्षेप्यास्त्र र हतियारविनाको युद्ध हो । 

    विश्लेषकहरुका अनुसार किम बाहिरी सूचना उत्तर कोरियाका जनतासम्म पुग्नबाट रोक्न चाहन्छन् । यसकारण उत्तर कोरियाली मानिसहरुको जीवन झन् कष्टकर बन्दै गइरहेको छ । 

    उत्तर कोरियामा लाखौं मानिस भोकमरीको चपेटामा छन् भन्ने विश्वास गरिन्छ । किम सावधानीपूर्वक बनाइएका प्रचारमार्फत् राज्यको विकास भइरहेको सुनिश्चित गर्न चाहन्छन् । कोरोना भाइरसको महामारीका कारण सीमा बन्द गरेपछि उत्तर कोरिया बाहिर संसारबाट अझ धेरै अलग्गिएको छ । महत्वपूर्ण आपूर्ति र व्यापार छिमेकी मुलुक चीनबाट करिब करिब बन्द छ । र पनि केही आपूर्तिहरु सुरु हुन लागे पनि आयात सीमित नै छ । 

    आफैं गरिएको पृथकीकरणले विफल भएको अर्थतन्त्रलाई अहिले झनै चर्काएको छ, जहाँ सरकारको आणविक महत्वाकांक्षामा धेरै पैसा खर्च गरिएको छ । यस वर्षको शुरूमा किमले आफैंले स्वीकार गरेका थिए, उनका नागरिकहरुले हाल सबैभन्दा खराब अवस्था को सामना गरिरहेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij