Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रसुवामा आँखाको स्वास्थ्य शिविर आयोजना

रसुवामा आँखाको स्वास्थ्य शिविर आयोजना

  • 524
    SHARES
  • रसुवामा आँखाको स्वास्थ्य शिविर आयोजना

    रसुवा । रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

    जिल्ला रेडक्रसको आयोजना तथा तिलगंगा आँखा केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

    दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका-१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

    शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन ।

    तिलगंगा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगंगा आँखा केन्द्र रसुवाकी प्रमुख एवम् नेत्र सहायक उर्मिला तामाङले जानकारी दिइन् ।

    तिलगंगा आँखा केन्द्रकी नेत्रविषेशज्ञ डा.इली प्रधान नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । कालिकास्थानमा मंगलबार सम्पन्न शिविरबाट रसुवाका पाँचवटै गाउँपालिकाका नागरिक लाभान्वित भएका नेपाल रेडक्रस रसुवा शाखाका सभापति बाबुलाल तामाङले बताए ।

    रसुवा रेडक्रससँगको सहकार्यमा तिलगंगा आँखा केन्द्रले २०६३ सालदेखि यहाँका नागरिकको आँखाको उपचार गर्दै आएको छ । गत वर्ष पनि ५९ जनाको शल्यक्रिया गरिएको रेडक्रस जिल्ला सभापति तामाङको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij