वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा थप १२१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७७ जनाको नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ८१ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण एकजना मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ४४५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २५ जना, आईसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij