Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् : बालेन साह

काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् : बालेन साह

  • 307
    SHARES
  • काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले काठमाडौंवासीको हितमा काम नगर्ने देशकाे प्रमुख प्रशासननिक केन्द्र सिंहदरबार अन्य पालिकामा सार्न संघीय सरकारलाई सुझाव दिएका छन् ।

    आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै केही समयदेखि काठमाडौं महानगरले सिंहदरबारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर साहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन् । काठमाडौंवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    काठमाडौंको हितमा काम नगर्ने सिंहदरबार  र राजधानी सारे पनि काठमाडाैंवासीलाई कुनै आपत्ति नरहेकाे उनकाे भनाइ छ ।

    मेयर साहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’

    blen.png 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij